फेसबुकमा ठूलो परिवर्तन
काठमाडौं। सामाजिक सञ्जाल फेसबुकले आफ्नो सेवामा केही परिवर्तन ल्याएको छ। फेसबुकले पब्लिक पेजको लेआउट र विकल्पमा धेरै परिवर्तन गरेको छ। अब कुनै पनि पब्लिक पेजमा फेसबुक प्रयोगकर्ताले लाइक्स गर्न नमिल्ने बनाइएको छ। त्यसको सट्टामा फलोअर्सको अप्शन आउँछ।
अर्थात यदि तपाईँ कुनै राजनीतिज्ञ, पब्लिक फिगर र वा सेलिब्रेटीको पेजबाट नियमित अपडेट चाहनुहुन्छ भने त्यसका लागि उनीहरुको पेज फलो गर्नुपर्ने हुन्छ। अहिलेसम्म पेजमा लाइक्स फलोइङ दुवै विकल्प थियो।
अब फेसबुकको लेआउट पनि परिवर्तन हुने भएको छ। साथै फ्यान्ससँग अन्तरक्रिया र पेजमा इंगेजमेन्ट बढाउनका लागि डेडिकेटेड न्युज फीडको अप्सन आउँछ।
यसैगरी व्यक्तिगत फेसबुक अकाउन्ट र पेजबीच सजिलैसँग नेभिगेशन हुन सक्छ। पेज एडमिन कन्ट्रोलको अपडेटेड अप्शन हुन्छ।यसमा पेजको फुल एडमिन प्यानलसमेत अन्य विकल्पमा दुई वटा विकल्प हुन्छ।
फेसबुकले पहिलो पटक पेजमा क्यू एण्ड ए फिचर उपलब्ध गराएको छ। यसको सहयोगबाट प्रयोगकर्ताले आफ्नो पेजमा मानिसहरुलाई प्रश्न सोध्न र जवाफ दिन सक्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment