२०७ वर्षपछि अमेरिकी संसदमा आक्रमण, त्यतिबेला बेलायतले भवन नै जलाइदिएको थियो
काठमाडौं। अमेरिकामा २ सय वर्षपछि कालो इतिहास दोहोरिएको छ । बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले संसद भवन क्यापिटल हिलमा कब्जा गर्ने कोसिस गरे । ट्रम्प समर्थकले अहिले जसरी संसद भवनमा घुसपैठ र कब्जाको कोसिस गरे यस्तै घटना करिब २ सय वर्ष पहिले पनि भएको थियो । त्यतिबेला आक्रमण बेलायतीले गरेका थिए । अंग्रेजहरुले वाशिङटन शहर जलाएका थिए र अमेरिकी संसदलाई नष्ट गर्ने कोसिस गरेका थिए ।
अमेरिका पनि सुरुवातमा बेलायतको उपनिवेश थियो । बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि अमेरिका आफ्नो खुट्टामा उभिने कोससमा थियो । यही क्रममा १८१२ मा अमेरिकाको बेलायतसँग युद्ध भयो । १८१४ मा बेलायती घुसपैठीहरुले वाशिङटनमा आतंक मच्चाए । उनीहरुले अमेरिकी संसदमा कब्जाको कोसिस गरेका थिए ।
१८१४ को २४ अगष्टमा बेलायती घुसपैठीहरु वाशिङटन पुगेका थिए । वाशिङटन आएपछि उनीहरुको नजर सबैभन्दा पहिले क्यापिटल हिलमा गयो । यो त्यतिबेलाका सबैभन्दा शानदार भवनमध्ये एक थियो । उनीहरुले क्यापिटल हिलका फर्निचरमा सबैभन्दा पहिले आगो लगाएका थिए । आगो केहीबेरमै पूरै भवनमा फैलिएको थियो । क्यापिटल हिल जलाएपछि उनीहरुले ह्वाइट हाउसमा आक्रमण गरेका थिए ।
अहिले करिब २ सय वर्षपछि अमेरिकी संसद आक्रमणको शिकार भएको छ । यसपटक भने कुनै बाहिरीले नभइ अमेरिकीहरुले नै यहाँ आक्रमण गरेका छन् । चुनावमा पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले यो आक्रमण गरेका हुन् । बिहीबार भएको यो आक्रमणमा गोलीबारी पनि भएको छ । १ जनाको ज्यान गएको छ र दर्जनौं गिरफ्तार भएका छन् ।







डिसी नेपाल








Facebook Comment