राष्ट्रपति ट्रम्पलाई तत्काल पदबाट हटाइँदै, उपराष्ट्रपति माइक पेन्स राष्ट्रपति बन्ने

डिसी नेपाल
२३ पुष २०७७ १०:५७
4.1k
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्धारित कार्यकाल पूरा नहुँदै पदबाट हटाउने तयारी भएको छ । ट्रम्पलाई तत्कालै पदबाट हटाएर उनको ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिने तयारी सुरु गरिएको अमेरिकी समाचार आउटलेट टिएमजेडले दावी गरेको छ । अमेरिकी संविधानअनुसार उपराष्टं्रपतिसँग राष्ट्रपतिलाई पदबाट हटाउने अधिकार हुन्छ ।

बुधबार अमेरिकी संसदको संयुक्त सत्रका क्रममा ट्रम्प समर्थकले आक्रमण गरेपछि कंग्रेसका सदस्यहरुले ट्रम्पलाई पदबाट हटाउने तयारी थालेका हुन् । ट्रम्पको कार्यकाल यसै पनि २० जनवरीमा पूरा हुँदैछ । तर, सांसदहरुले बुधबारको हिंसालाई लिएर ट्रम्पलाई त्यसभन्दा पहिल्यै पदबाट हटाउने तयारी थालेका हुन् । रिपोर्टका अनुसार कंग्रेस सदस्यहरु अहिले गोप्य बैठकमा छन् । राजधानी डिसीको अज्ञात स्थलमा अहिले बैठक जारी रहेको र बैठकमा कंग्रेस सदस्य तथा सिनेटरहरुले संविधानको धारा २५ प्रयोग गरेर राष्ट्रपतिलाई पदबाट हटाउने विषयमा छलफल गरिरहेको रिपोर्टमा जनाइएको छ ।

अमेरिकी संविधानको धारा २५ मा राष्ट्रपतिलाई पदबाट हटाउने सम्बन्धी व्यवस्था छ । यो धारामा यदि राष्ट्रपतिले आफ्नो अधिकार र शक्ति हस्तान्तरण गर्न विफल भएमा उपराष्ट्रपतिले मन्त्रिपरिषदका बहुमत सदस्यको समर्थन वा संसदको दुई तिहाइ सदस्यको समर्थन लिएर राष्ट्रपतिलाई पदबाट हटाउन सक्छन् । राष्ट्रपतिलाई हटाउन उपराष्ट्रपतिले चाहनु पर्छ । त्यसपछि मन्त्रिपरिषदको बहुमत वा संसदको दुई तिहाइ बहुमत मध्ये कुनै एक भए पुग्छ । यसरी राष्ट्रपति पदमुक्त भएको अवस्थामा राष्ट्रपतिको सबै अधिकार र जिम्मेवारी उपराष्ट्रपतिमा जान्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.