पुनःश्रम स्वीकृति गर्न कम्पनीको एनओसी अनिवार्य
काठमाडौं। वैदेशिक रोजगार विभागले पुनःश्रम स्वीकृतिका लागि कम्पनीको नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य गरिएको जनाएको छ। विभागका अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट सिर्जित समस्यामा रोजगारी सुनिश्चित गर्ने उद्देश्यले रोजगारदाताबाट रोजगार ग्यारेन्टीपत्र तथा एनओसी अनिवार्य गरिएको हो।
विभागले पुनःश्रम स्वीकृति अनलाईन प्रणालीमार्फत् दिन सुरु गरिसकेको छ। विभागले सेवाग्राहीलाई अर्को निर्णय नगरुन्जेलसम्मका लागि अनलाईनमार्फत् पुनःश्रम स्वीकृति लिँदा एनओसी अथवा रोजगार ग्यारेन्टी पत्र समावेश गर्न आग्रह गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment