एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७७ मा संशोधन भएको छ ।
माघ १ गतेदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ। शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकले विहिबार एक सूचना जारी गर्दै अनुमतिपत्रप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई यस्तो निर्देशन दिएको हो।
निर्देशनमा राष्ट्र बैंकले अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो। महिनामा दुई पटक मात्रै प्रयोग गर्नेलाई निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।
कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए।
त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था पनि गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment