भेरीमा बस दुर्घटनाः एकको मृत्यु, एक घाइते, एक वेपत्ता

डिसी नेपाल
२३ पुष २०७७ १७:५०

काठमाडौं। सुर्खेतको बोटेचौरमा बस भेरी नदीमा बस्दा एकजनाको मृत्यु भएको छ। सल्यानको कालिमाटीबाट सल्यानकै सल्ली बजारका लागि आएको बस सुर्खेतको बोटेचौरमा दुर्घटना भई भेरी नदीमा खसेको छिन्चु प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ना ५ ख ७७५० नम्बरको मिनी बस दुर्घटनामा परेको हो। बसका चालक सुमन नेपालीको मृत्यु भएको छ। यस्तै दिपक सुनार घाइते भएका छन्। एकजना वेपत्ता भएको र वेपत्ताको पहिचान खुल्न नसकेको छिन्चु प्रहरीले बताएको छ।

घाइते दिपकलाई उपचारका लागि बाँकेको नेपालगञ्ज लगिएको छ। प्रहरीका अनुसार रिजर्भका लागि गएको सो बस दुर्घटनामा परेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *