फेसबुकले ट्रम्पको फेसबुक अकाउण्ट र इनस्टाग्राम ब्लक गर्ने

डिसी नेपाल
२३ पुष २०७७ २२:३७
116
Shares

वाशिङ्टन (एजेन्सी)। सामाजिक प्लेटफर्म फेसबुक र इनस्टाग्रामले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउण्ट ब्लक गर्ने भएको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्गले ट्रम्पको अकाउण्ट ब्लक गरिने जानकारी दिएको न्यूयोर्क टाइम्सले जनाएको छ।

समाचार अनुसार कम्तिमा ट्रम्पको राष्ट्रपति कार्यकाल भरी ती अकाउण्ट ब्लक गर्न लागिएको हो। फेसबुकले यो कदम बुधबार ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गरेपछि उठाएको हो।

ट्रम्पका समर्थकले संसदको बैठक शुरु हुनै लाग्दा क्यापिटल हिलमा आक्रमण गरेका थिए। सो घटनामा कम्तिमा ४ जना मारिएका छन्। ट्रम्पले आक्रमणकारीलाई शान्त रहन भनेका थिए तर, सँगै चुनाव आफूले जितेको पनि बताएका थिए।

ट्रम्पले भ्रमपूर्ण अफवाह फैलाएपछि फेसबुकले ब्लक गर्न लागेको हो। अर्को सामाजिक सञ्जाल ट्वीटरले भने ब्लक गरिसकेको छ। नोभेम्बरमा भएको चुनावमा जो बाइडेन विजयी भए पनि ट्रम्पले हार स्वीकार गरेका छैनन्। र उनले चुनाव आफूले जितेको भ्रम फैलाइरहेका छन्।

उनले नै भीडलाई क्यापिटल हिलमा आक्रमण गर्न उक्साएको भन्दै उनको आलोचना भइरहेको छ। यो घटनाका कारण लोकतन्त्रप्रतिको अमेरिकी छवीमा नराम्रो दाग लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.