ट्रम्प ‘व्यवस्थित’ सत्ता हस्तान्तरण गर्न तयार

डिसी नेपाल
२४ पुष २०७७ ८:२९
680
Shares

बीबीसी। युएस क्यापिटल हिलमा हिंसको २४ घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा भिडियो ट्वीट जारी गर्दै आफ्नो समर्थकले गरेको हिंसाको निन्दा गरेका छन्। साथै उनले आफू ‘व्यवस्थित’ सत्ता हस्तान्तरण गर्न चाहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘म यूएस क्यापिटल हिलमा भएको हिंसाबाट भाषण सुरु गर्न चाहन्छु। अन्य अमेरिकी जस्तै म पनि यूएस क्यापिटल हिलमा हिंसा र अराजकताका कारण तनावमा छु। मैले तत्काल भवनको सुरक्षा र प्रदर्शनकारीलाई बाहिर निकाल्नका लागि नेशनल गार्ड र ल एन्फोर्समेन्ट फोर्स तैनाथ गरेको थिएँ।’

यद्यपी केही समाचार एजेन्सीका अनुसार सुरक्षाकर्मीको तैनाथी उपराष्ट्रपति माइक पेन्सले गराएका थिए, ट्रम्पको त्यसको विरोधमा थिए। ट्रम्पले अमेरिका सधैं विधिको शासन भएको मुलुक हुनुपर्ने भन्दै क्यापिटल हिलमा प्रवेश गर्ने प्रदर्शनकारीले अमेरिकी लोकतन्त्रलाई अपवित्र पारको उल्लेख गरेका छन्।

‘जो हिंसा र तोडफोडमा सहाभागी थिए, उनीहरुले हाम्रो मुलुकको प्रतिनिधित्व गर्न सक्दैनन्। र जसल कानुन उल्लंघन गरेका छन्, उनीहरुले त्यसको मूल्य चुकाउनुपर्छ।’

सत्ता हस्तान्तरण गर्न राजी

राष्ट्रपति ट्रम्पले भिडियामा आफू ‘व्यवस्थित’ सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध रहेको बताएका छन्। उनले भने, ‘नयाँ प्रशासन २० जनवरीमा आउँछ। र सूचारु, सुव्यवस्थित र निर्वाध सत्ता हस्तान्तरणको प्रतिबद्धता जनाउँछु।’

युएस क्यापिटल हिलमा आक्रमणपछि ट्वीटरमा फर्किएका हुन्। फेसबुकमा उनको अकाउन्ट दुई हप्ताका लागि बन्द गरिएको छ। त्यसका बाहेक इन्स्टाग्राममा पनि उनको अकाउन्ट बन्द छ। ट्रम्पले सामाजिक संजालमार्फत आफ्नो समर्थकलाई अमेरिकी चुनावी परिणामलाई अस्वीकार गर्न आग्रह गरिरहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.