७३७ म्याक्स विमानको सुरक्षासम्बन्धी वास्तविकता लुकाएको बोइङले २.५ अर्ब डलर तिर्ने

डिसी नेपाल
२४ पुष २०७७ ९:२२
176
Shares

काठमाडौं। विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको विमानको डिजाइनबारे सुरक्षा अधिकारीहरुसँग जानकारी लुकाएको अभियोगमा अमेरिकामा दायर गरिएको आपराधिक मुद्दालाई मिलाउन २.५ बिलियन डलर तिर्न सहमत भएको छ । अमेरिकाको न्याय विभागले यसबारे जानकारी दिएको बीबीसीले जनाएको छ । पछिल्लो समय बोइङ ७३७ म्याक्स मोडलका २ विमान ठूलो दुर्घटनामा परेका थिए ।

बोइङले तिर्ने रकममध्ये ५ सय मिलिवयन डलर रकम दुई दुर्घटनामा मारिएका यात्रुको परिवारलाई बाँडिनेछ । बोइङले यो सम्झौताले आफूहरु चुक्दा भएको क्षतिलाई सम्बोधन गर्ने बताएको छ । न्याय विभागका अनुसार बोइङले आफ्नो विमानको एमसएिएस भनेर चिनिने अटोमेटिक फ्लाइट कन्ट्रोल सिस्टममा गरिएको परिवर्तनबारे जानकारी दिएको थिएन । इण्डोनेसियामा २०१८ मा र इथियोपियामा २०१९ मा भएका दुर्घटनाको अनुसन्धानमा दुर्घटनाको यही कारण भेटिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.