यी महिला पाइलटले आज इतिहास रच्दै
काठमाढौं। संसारको सबैभन्दा लामो हवाइ मार्गमा पूरै महिला सदस्यहरु मात्र भएको टिमको नेतृत्व गर्दै क्याप्टेन जोया अग्रवालले आज उडान भर्दैछिन् । यो पूरै महिला टिमले यो मार्गमा विमान उडाउन लागेको पहिलो पटक हो । क्याप्टेन अग्रावालले आज अमेरिकाको सन फ्रान्सिस्कोबाट एयर इण्डियाको विमान उडाएर उत्तरी ध्रुवको बाटो हुँदै भारतको बैंगलोर आउनेछिन् । यो हवाइ मार्ग करिब १६ हजार किलोमिटर लामो छ ।
एयर इण्डियाका एक अधिकारीका अनुसार उत्तरी ध्रुवको माथिबाट जहाज उडाउनु निकै चुनौतीपूर्ण हुन्छ त्यसैले एयरलाइन्स कम्पनीहरुले यो मार्गमा आफ्ना सर्वश्रेष्ठ र अनुभवी पाइलटलाई मात्रै पठाउँछन् । एयर इण्डियाले यो उडानको लागि बनाएको पाइलटहरुको टिममा महिलाहरु मात्र छन् । क्याप्टेन जोया अग्रवाल यो टिमकी कमाण्डिङ अफिसर हुनेछिन् । क्याप्टेन अग्रवाल बोइङ ७७७ विमान उडाउने विश्वकै विश्वकै सबैभन्दा कान्छी पाइलट पनि हुन् । उनले सन् २०१३ मा बोइङ ७७७ उडाएकी थिइन् ।







डिसी नेपाल








Facebook Comment