५० जनाभन्दा धेरै यात्रु बोकेको विमान बेपत्ता
जाकर्ता (एजेन्सी)। ५० जनाभन्दा धेरै यात्रु बोकेको एक विमान इन्डोनेसियामा वेपत्ता भएको छ। इन्डोनेसियाको जाकर्तास्थित विमानस्थलबाट उडेको केही मिनेटैम विमान वेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
समाचार अनुसार द श्रीजया एअरको बोइङ ७३७ विमान वेपत्ता भएको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन्। अधिकारीहरुले विमानको खोजी कार्य जारी रहेको बताएका छन्। फ्लाइट ट्राकिंग वेबसाइटका अनुसार विमान उडेको केही मिनेटमै करिब १००० फिटमाथि पुगेपछि विमानस्थलसँग सम्पर्क विच्छेद भएको थियो।
अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स सिरिजको विमान लगातार दुघर्टनामा परेपछि गत वर्ष सो विमानका सबै उडानहरु रोकिएको थियो। र अमेरिकी अथ्योरिटीले स्वीकृति दिएपछि सो सिरिजका विमानहरु फेरि आकाशमा उड्न थालेका छन्। तर, शनिबार वेपत्ता विमान म्याक्स सिरिजको भने होइन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment