भारतमा जनवरी १६ देखि कोरोना खोप लगाइने
नयाँदिल्ली । भारतले कोरोनाविरुद्धको खोप अभियान जनवरी १६ देखि सुरु गर्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो।
पहिलो चरणमा भारतमा ३० करोड मानिसलाई खोप लगाउने योजना रहेको छ। जसमध्ये ३ करोड स्वस्थ्यकर्मीलाई र ६० बर्षमाथिका २७ करोड वृद्धवृद्धालाई खोप दिने भएको छ । एक अर्बभन्दा धेरै जनसङ्ख्या भएको भारतमा आम खोप अभियान निकै जटिल र चुनौतीपूर्ण हुने ठानिन्छ। भारतमा एक करोड ४ लाखभन्दा धेरै मानिसहरूलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने डेढ लाख बढीको ज्यान गइसकेको छ।
भारतमा भारतीय कम्पनी भारत बायोटेकले निर्माण गरेको ‘कोभाक्सिन’ लाई स्वीकृति दिएको छ । विज्ञहरूको समितिले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोपलाई सिफारिस गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment