कोरोनाभाइरस महामारीले कुकुर चोरी बढ्यो, २०२० मा इतिहासमै धेरै कुकुर चोरी !

डिसी नेपाल
२६ पुष २०७७ ११:१९
128
Shares

काठमाडौं। कोरोनाभाइरस महामारीका क्रममा कुकुरको चोरी ठूलो परिमाणले बढेको छ । २०२० सालमा बेलायतमा मात्रै अघिल्लो वर्षको तुलनामा दोब्बर कुकुर चोरी भएको र यो वर्ष कुकुर चोरीका हिसाबले सबैभन्दा खराब वर्ष भएको हराएका कुकुर खोजिदिने स्वयंसेवी संस्था डगलस्टले जनाएको छ । हराएका कुकुर र तिनका मालिकलाई भेट गराइदिने यो समूहका अनुसार हजारौं परिवारका कुकुरहरु बगैंचा, कार र बाटोमा हिँड्दै गर्दा चोरिएका छन् ।

डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार गत वर्षको जनवरीदेखि अगष्टसम्म ३२० भन्दा धेरै केस पुलिसमा रिपोर्ट गरिएका थिए । २०१९ मा भने पूरै वर्षमा मात्रै १७० केस पुलिसमा रिपोर्ट गरिएका थिए । विशेषज्ञहरुका अनुसार कोरोनाभाइरस प्रतिबन्धका क्रममा कुकुरहरुको माग अत्यन्तै बढेको छ । केही खास प्रजातिका कुकुरको मूल्य तीन गुणासम्म बढेको छ । यही कारण यस्ता प्रजातिका कुकुरहरु महंगोमा बेच्न वा तिनीहरुबाट प्रजनन गराएर ती प्रजातिका कुकुरका बच्चा बेच्न पनि कुकुरको चोरी बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.