शिकागोमा ‘सन्काहा’ले ७ जनालाई गोली हाने, पुलिसले इन्काउन्टरमा मारिदियो
काठमाडौं। अमेरिकाको शिकागोमा एक सन्काहा व्यक्तिले लगातार फरक फरक ठाउँमा गरी ७ जनालाई गोली हाने । यीमध्ये ३ जनाको मृत्यु भएको छ । अन्य ४ जनाको उपचार भइरहेको छ । पुलिसले इन्काउन्टरमा ती बन्दूकधारीलाई मारिदिएको छ । उनले किन यसरी गोली हान्दै हिँडे भन्ने खुलासा भइसकेको छैन । पुलिसले यसको अनुसन्धान गरिरहेको छ ।
शिकागो पुलिस प्रमुख डेभिड ब्राउनका अनुसार जेसन नाइटिंगेलले सबैभन्दा पहिले शिकागो विश्वविद्यालयका ३० वर्षका एक छात्रको टाउकोमा गोली हानेका थिए । त्यसपछि एक अपार्टमेन्टमा गएर त्यहाँका ४६ वर्षका गार्डलाई गोली हाने । त्यसपछि उनले ७७ वर्षकी एक महिलालाई गोली हाने । महिलाको स्थिति गम्भीर भएको शिकागो ट्रिब्युनको समाचारमा जनाइएको छ ।
महिलालाई गोली हानेपछि उनले बन्दूक देखाएर एक व्यक्तिको कार खोसे र एउटा पसलमा परे । त्यहाँ उनले अन्धाधुन्ध गोली चलाउँदा २० वर्षका एक युवकको मृत्यु भयो । ८१ वर्षकी एक महिला घाइते भइन् । त्यसपछि उनले बाहिर कारमा बसेकी १५ वर्षकी एक किशोरीमाथि पनि गोली हाने । किशोरी आमासँग थिइन्, गोली आमालाई लाग्यो । आमाको स्थिति गम्भीर भएको बताइएको छ ।
त्यसपछि उनी फेरि पसलमा पसेर बन्दूक देखाउँदै पसल लुटने कुरा गरे । उनले त्यहाँ भएका मानिसहरुलाई तर्साउन फेरि गोली चलाए । यसपटक भने गोली कसैलाई लागेन । पसलबाट निस्किएर उनी आइएनओपी रेष्टुरेण्ट पुगे । त्यहाँ एक महिलाको टाउकोमा गोली हाने । रेष्टुरेण्टबाट निस्किने क्रममा पार्किङमा उनी पुलिस घेराबन्दीमा परे । पुलिसले उनलाई त्यहीँ इन्काउन्टरमा मारिदियो ।







डिसी नेपाल








Facebook Comment