नेपालमा काम गर्न श्रम स्वीकृति लिनुपूर्व विदेशीलाई अनिवार्य अन्तर्वार्ता
काठमाडौं। नेपालमा काम गर्न विदेशीले श्रम स्वीकृति लिनुपूर्व अनिवार्य अन्तर्वार्ता दिनु पर्ने भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै माघ १ गतेदेखि विदेशीले नेपालको श्रम स्वीकृति प्राप्त गर्न भौतिक रुपमै उपस्थित भएर अन्तर्वार्ता दिनुपर्ने व्यवस्था गरेको हो।
विभागले नेपालमा आएर काम गर्ने विदेशीको लागि श्रम स्वीकृति दिंदै आएको छ। कोरोना संक्रमणको समयअघि पनि भौतिक रुपमै हुँदै आएको अन्तर्वार्ता कोरोना महामारीको असहज परिस्थितिका कारण हुन सकेको थिएन।
कोरोनाकालमा विदेशी श्रमिक ल्याउने कम्पनीका प्रतिनिधिसँग टेलिफोन कुराकानीबाट पूर्ण विवरण प्राप्त गरी विभागले श्रम स्वीकृति प्रदान गर्दै आएको थियो। अब पुनःभौतिक रूपमै उपस्थित भएर अन्तर्वार्ता दिनुपर्ने भएको विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment