कतारमा तलब नपाएर फर्किएका १४ नेपालीले प्राप्त गरे रकम (नामावलीसहित)
काठमाडौं। कतारमा काम गरेर फर्किएका १४ नेपालीहरुले पाउन बाँकी तलब वापतको रकम प्राप्त गरेका छन्। कतारको दोहास्थित नेपाली दूतावासले विभिन्न कारणले नेपाल फर्केका उनीहरुले कम्पनीबाट पारिश्रमिक तथा सेवासुविधा बापतको पाउन बाँकी रकम पठादिएको हो।
दूतावासका अनुसार उनीहरुले प्राप्त गर्नुपर्ने बाँकी कतारी रियाल एक लाख ४४ हजार ६९ (नेरु झण्डै ४५ लाख) रकम कन्सुलर सेवा विभाग, काठमाडौंमा पठाइएको हो। सो रकम कन्सुलर सेवा विभागबाट जिल्ला प्रशासन कार्यालयमा पठाएपछि त्यहाँबाट नै प्राप्त गर्न सकिने जनाइएको छ।
अल बन्दारी ईञ्जिनियरिंग कम्पनीमा काम गरेकाहरु १२ जना र अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेकाहरु दुई जनाको तलब पठाएको दूतावासले जनाएको छ।
रकम पाउनेमा अल डल्ला क्लियरिङमा काम गरेकी दोलखाकी फूलमाया तामाङ तथा भोजपुरका सञ्जय सुतार कार्की रहेका छन् भने अल बन्दारीमा काम गरेर फर्केका प्यूठानकी रमला बुढामगर, बाँकेका रियाज अहमद खान, सोहि ठाउँका ईशरायल नाउ, झापाका सञ्चकुमार लिम्बु, संखुवासभाका रोशन थापा, सल्यानका रेवन्त बिके, त्यस्तै सोहि ठाउँका हेमराज रोक्का, खोटाङका राजु तामाङ, तनहुँका गण्टबहादुर गुरुङ, धनुषाका शत्रुघन यादव, धनुषाकै अशोककुमार मण्डल तथा रुकुमका नैनवीर विक रहेका छन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment