अमेरिकी राष्ट्रपतिलाई पदबाट बर्खास्त गर्न उपराष्ट्रपतिले अस्वीकार गरे

डिसी नेपाल
२९ पुष २०७७ १०:४७

काठमाडौं। अमेरिकी उपराष्ट्रपति माइक पेन्सले संविधानको २५ औं संशोधन प्रयोग गरेर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्न अस्वीकार गरेका छन् । यससँगै अब डेमोक्र्याटहरुले अब ट्रम्पलाई आज महाअभियोग लगाउने भएका छन् । फाइनान्सियल टाइम्सका अनुसार राष्ट्रपतिमाथि महाअभियोग लगाउने डेमोक्र्याटहरुको प्रयासमा कैयौं रिपब्लिकन सांसदहरुले पनि सघाउने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपतिलाई पदबाट बर्खास्त गर्न उपराष्ट्रपतिलाई दबाब दिनको लागि हाउस अफ रिप्रेजेन्टिेटिभमा मतदान हुनु ठिक अघि उपराष्ट्रपति पेन्सले आफ्नो धारणा प्रस्ट पारेका हुन् । यदि उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन प्रयोग गर्न मानेको भए राष्ट्रपतिलाई महाअभियोग लगाउनु पर्ने थिएन । तर, अब भने राष्ट्रपतिलाई पदबाट हटाउन महाअभियोग नै लगाउनुपर्ने भएको छ ।

उपराष्ट्रपतिको धारणा आउनुअघि हाउसमा तेस्रो स्थानकी रिपब्लिकन सांसद लिज चेनीले आफूले राष्ट्रपतिलाई महाअभियोग लगाउने पक्षमा मतदान गर्ने बताएर तरंग ल्याइदिएकी थिइन् । राष्ट्रपति ट्रम्प पनि रिपब्लिकन हुन् । लिज चोनीलाई भविष्यमा राष्ट्रपति पदकी उम्मेदवारको रुपमा हेर्ने गरिएको छ । अब सांसदहरुले आज राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा मतदान गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *