गाडीभरी बन्दूकै बन्दूक ! कारका विभिन्न भागमा लुकाइएका थिए ३५ पेस्तोल

डिसी नेपाल
२९ पुष २०७७ ११:३९

काठमाडौं। दिल्ली पुलिसको विशेष सेलले हतियार तस्करबाट ठूलो परिमाणमा हतियार बरामद गरेको छ । ती तस्करको साथबाट ३५ वटा सेमि अटोमेटिक पेस्तोल र ६० राउण्ड गोली बरामद भएको छ । पुलिसका अनुसार पक्राउ परेका तस्करको नाम आशिष कुमार पाण्डे हो । उनले चोरीको कारबाट हतियार तस्करी गरिरहेका थिए ।

हिन्दुस्तान टाइम्सका अनुसार यी हतियार मध्य प्रदेशबाट दिल्ली लगिएका थिए । हतियारहरु दिल्लीमा सक्रिय विभिन्न अपराधीहरुलाई बेच्न त्यहाँ लगिएको थियो । ती तस्करले पेस्तोलहरु गाडीका विभिन्न भागमा लुकाएका थिए । गाडीका ४ वटा ढोकाभित्र ४–४ पटा गरी १६ पेस्तोल लुकाइएका थिए । गाडीमा राखिएको अतिरिक्त टायरभित्र १९ पेस्तोल र ६० गोली भेटिए । आशि कुमारले पुलिसलाई बताएअनुसार उनी हतियार तस्करको एक गिरोहका सदस्य हुन् ।

आशिषले मध्य प्रदेशका जग्गु भनिने प्रल्हादसँगबाट हतियार ल्याएर दिल्लीमा अपराधीहरुलाई बेच्थे । उनले मध्य प्रदेशबाट एउटा पेस्तोल ७ हजार ५ सयमा किनेर दिल्ली ल्याउँथे र त्यहाँ १५ हजारमा बेच्थे । उनले बेचेको पेस्तोल अपराधीहरुले २५ देखि ३० हजारसम्ममा किन्थे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *