पाहुनालाई बलात्कार गर्न खोजेको आरोपमा बेलायती महारानीका भतिजालाई जेल सजाय

डिसी नेपाल
२९ पुष २०७७ १५:२०

काठमाडौं। बेलायती महारानीका भतिजा सिमोन बोवेस ल्योनलाई आफ्नो पुर्ख्यौली घरमा आएकी एक महिला पाहुनालाई बलात्कार गर्ने नियतले हिंस्रक आक्रमण गरेको आरोपमा जेल सजाय सुनाइएको छ । अहिलेका ‘अर्ल अफ स्ट्रान्थमोर एण्ड किंगहर्न’ ग्लामिस क्यासलमा ती महिला सुतिरहेको बेलामा उनको बेडरुममा प्रवेश गरेका थिए ।

उनले महिलालाई पटक पटक अँठ्याएका थिए र आफूले उनीसँग प्रेमसम्बन्ध राख्न चाहेको बताएका थिए । त्यतिबेला उनी मदिराको नशामा थिए । यो क्रम करिब २० मिनेटजति चलेको थियो । उनले महिलाको कपडा खोलिदिने प्रयास गरेका थिए । त्यसपछि उनले महिलालाई भित्तातिर धकेलेर समातेका थिए । महिलाले अस्वीकार गरेपछि उनले महिलालाई गाली गर्दै आफूलाई आफ्नै घरमा के गर्ने भनेर उनले बताउनु नपर्ने भनेका थिए । डेलीमेलका अनुसार बोवेस ल्योनले डुन्डी क्राउन कोर्टमा आफूमाथि लागेको अभियोग स्वीकार गरेका छन् । उनले यो अपराधको लागि ५ वर्ष जेलमा बिताउनु पर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *