पाहुनालाई बलात्कार गर्न खोजेको आरोपमा बेलायती महारानीका भतिजालाई जेल सजाय
काठमाडौं। बेलायती महारानीका भतिजा सिमोन बोवेस ल्योनलाई आफ्नो पुर्ख्यौली घरमा आएकी एक महिला पाहुनालाई बलात्कार गर्ने नियतले हिंस्रक आक्रमण गरेको आरोपमा जेल सजाय सुनाइएको छ । अहिलेका ‘अर्ल अफ स्ट्रान्थमोर एण्ड किंगहर्न’ ग्लामिस क्यासलमा ती महिला सुतिरहेको बेलामा उनको बेडरुममा प्रवेश गरेका थिए ।
उनले महिलालाई पटक पटक अँठ्याएका थिए र आफूले उनीसँग प्रेमसम्बन्ध राख्न चाहेको बताएका थिए । त्यतिबेला उनी मदिराको नशामा थिए । यो क्रम करिब २० मिनेटजति चलेको थियो । उनले महिलाको कपडा खोलिदिने प्रयास गरेका थिए । त्यसपछि उनले महिलालाई भित्तातिर धकेलेर समातेका थिए । महिलाले अस्वीकार गरेपछि उनले महिलालाई गाली गर्दै आफूलाई आफ्नै घरमा के गर्ने भनेर उनले बताउनु नपर्ने भनेका थिए । डेलीमेलका अनुसार बोवेस ल्योनले डुन्डी क्राउन कोर्टमा आफूमाथि लागेको अभियोग स्वीकार गरेका छन् । उनले यो अपराधको लागि ५ वर्ष जेलमा बिताउनु पर्नेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment