श्रीमानलाई घाँटीमा डोरी बाँधेर कुकुरजस्तै डोर्याउँदै हिँडेकी महिला पक्राउ

डिसी नेपाल
२९ पुष २०७७ १७:२१

काठमाडौं। आफ्ना श्रीमानको घाँटीमा डोरी बाँधेर उनलाई कुकुरजस्तै डा्र्याउँदै हिँडेकी एक महिला पक्राउ परेकी छिन् । क्यानडाको क्युबेककी ती महिलाले कोरोनाभाइरस प्रतिबन्धबाट बच्न यस्तो गरेकी थिइन् । शनिबार राती ती महिलाले आफ्ना श्रीमानलाई डोर्याउँदै बाहिर निस्किएकी थिइन् । क्युबेकमा कोरोनाका कारण राती ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको छ । यो समयमा कुकुर डुलाउन भने छुट दिइएको छ ।

बीबीसीका अनुसार महिलाले पक्राउ परेपछि आफूले कुकुरलाई डुलाइरहेको जवाफ दिएकी थिइन् । तर, पुलिसले दुवैलाई जरिवाना तिराएको छ । पुलिसले उनीहरु १ जनालाई १५ सय ४६ क्यानेडियन डलरका दरले ३ हजार ९२ डलर (२ लाख ८३ हजार रुपैयाँ) जरिवाना तिराएको छ । यी दम्पतीले पक्राउ परेपछि पुलिसलाई सहयोग नगरेको तर जरिवानाको राशी स्वीकार गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *