यि हुन् पाकिस्तानका मुस्लिम अभिनेता जो नेपालमा पण्डित बने
बीबीसी। नेपालमा हिन्दू–मुस्लिम तनाबमाथि हलिउड फिल्म ‘द म्यान फ्रम काठमांडू’ को शुटिङ पूरा भइसकेको र आगामी महिना यो फिल्म रिलीज हुँदैछ। यो फिल्ममा हिन्दू पण्डितको भूमिकामा पाकिस्तानका चर्चित अभिनेता हमीद खेश र मुसलमानको भूमिका बलिउड अभिनेता गुलशन ग्रोवरले निर्वाह गरेका छन्।
हमीद शेखको सम्बन्ध बलुचिस्तानसँग छ। उनी पीटीवी क्वेटासँग पनि जोडिएका थिए। त्यसबाहेक फिल्म ‘मोर’ मा उनले केन्द्रीय भूमिका पनि निर्वाह गरिसकेका छन् भने फिल्म ‘खुदा’ मा पनि उनले मुख्य भूमिका निर्वाह गरेका थिए। उनले एक अभिनेताका रुपमा जस्तो पनि भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए।
‘फिल्म मोरदेखि पण्डितसम्मको भूमिका निर्वाह गर्दा मैले धेरै मेहनत गर्नु परेन, अभिनेताका रुपमा मेरा केही सम्झना पनि छन्, त्यसबाहेक हामीमाथि बलिउडको धेरै असर पनि छ। र केही मेरा साथीहरु पनि छन् जो हिन्दु धर्म मान्छन्,’ उनले भने।
हमीद शेखका अनुसार उनको बाल्यकाल अन्तर–धार्मिक वातावरणमा भयो जसका कारण पण्डितको भूमिका निर्वाह गर्न सजिलो भयो।
‘क्वेटामा मेरो घरको एकातर्फ हिन्दुको मन्दिर छ भने अर्कोतर्फ पाररीको कोलोनी र धार्मिकस्थल छ, यी सबै कुरा मैले बाल्यकालदेखि नै देख्दे आएको छ,’ उनले भने।
फिल्मका निर्देशक नेपाली
हमीद शेखका अनुसार ‘द म्यान फ्रम काठमाण्डू’ को कथा बस्तु एक मुसलमान युवकमाथि केन्द्रित छ, जो अमेरिकबाट नेपाल आएर आफ्नो बुवाको विरासतलाई खोज्न चाहँदैछ। यो क्रममा यी युवक एक मुसलमान नेता भएको ठाउँमा पुग्छन्। जसको भूमिका गुलशन ग्रोवरले निर्वाह गरेका छन्। गुलशनले ती युवकलाई प्रयोग गर्न खोज्छन् तर सफल हुँदैनन्।
हमीद भन्छन्–यो क्रममा मेरो मुस्लिम नेतासँग मुठभेड हुन्छ। म त्यहाँको एक हिन्दु नेता हुँ र धर्मका कारण मेरो द्वन्द्व हुन्छ।’ यो फिल्मका निर्देशक पेमाको सम्बन्ध नेपालसँग छ। उनका पुर्खा तिब्बतबाट नेपाल आएका थिए। जबकि पेमाले अमेरिकामा शिक्षा हासिल गरे र त्यहाँ नै आफ्नो फिल्म कम्पनी हलिउडमा रजिस्टर गरे।
गुलशन ग्रोवरका अनुसार यो फिल्म पेमा ढोंढुपले लेखेका हुन् र पेमा उनका साथी हुन्। ‘म आफ्नो कामलाई निकै मेहनतपूर्वक गर्छु र सँगै आफ्ना साथीलाई पनि सम्मान गर्छु। मेरा मेरो साथी र यार पनि हुन्। फिल्म शुटिङकालागि समय मिलिरहेको थिएन। फेरि दाह्री पनि राख्नु थियो। तर सबै कुरा ठिक भयो,’ गुलशनले भने।
हमीद शेखका अनुसार गुलशन ग्रोवर धेरै राम्रा मानिस हुन्। गुलशन हमीदका लागि त्यस्तै थिए जस्ता क्वेटा, सिन्ध या कोही बलुची कलकार हुन्छन्। जो भाइ जस्तै हुन्छन्। ‘द म्यान फ्रम काठमाण्डू’ अमेरिका बाहेक भारत र नेपालमा पनि रिलीज हुने भएको छ। हमीदले यो फिल्म पाकिस्तानमा पनि रिलीज गर्न कोशिश गर्ने बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment