२७० जनामा कोरोना भाइरस पुष्टि, पाँचको मृत्यु

डिसी नेपाल
२ माघ २०७७ १७:०२
56
Shares

काठमाडौं। पछिल्लो २४ घण्टामा मुलुकभर दुई सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार तीन हजार ८४ जनाको पिसीआर परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस देखिएको हो।

संक्रमितमध्ये एक सय ७२ जना काठमाडौं उपत्यकाका रहेका छन्। त्यस्तै, पछिल्लो सयम पाँच जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने तीन सय ९० जना निको भएर घर फर्किएका छन्।

हालसम्म नेपालका दुई लाख ६६ हजार आठ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोनाबाट निको हुनेको कूल संख्या दुई लाख ६० हजार पाँच सय ६७ पुगेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय ४८ पुगेको छ। निको भएका संक्रमितहरूको दर ९७.७ प्रतिशत रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *