युवकले च्याउको चिया सुइबाट नशामा हाले, केही समयपछि शरीरमै उम्रियो च्याउ
काठमाडौं। एक युवकले च्याउको चिया सुइमार्फत शरीरमा इन्जेक्ट गरेपछि उनको स्थिति निकै गम्भीर भएको छ । शरीरमै च्याउ उम्रिन थालेपछि उनलाई गम्भीर हालतमा अस्पताल पुर्याइएकोमा उनको ज्यान त बच्यो तर उनले अब वर्षौंसम्म एन्टिफंगल औषधि नियमित रुपमा खानुपर्ने भएको छ । उनले शरीरमा च्याउको चिया इन्जेक्ट गरेको केही समयमै उनको शरीरमा च्याउ उम्रिन थालेको थियो ।
जर्नल अफ द एकेडेमी अफ कन्सल्टेसन लिआइसन साइक्याट्रीमा यी बिरामीको स्थितिबारे रिपोर्ट प्रकाशित गरिएको छ । ३० वर्षका बिरामीको पहिचान खुलाइएको छैन । ती बिरामी बाइपोलर डिसअर्डरका बिरामी थिए र उनलाई साइकेडेलिक प्रजातिको च्याउ सेवन गर्न भनिएको थियो । यो च्याउमा सिलोसाइबिन हुन्छ जसले दिमागलाई केही समयसम्म नशामा पुर्याउँछ । तर, ती बिरामीले च्याउ सेवन गर्नुको सट्टा त्यसको सुप शरीरमा हालेका थिए ।
उनले नियमित रुपमा औषधि सेवन गर्न छाडेर त्यसको विकल्पको रुपमा च्याउको चिया बनाएका थिए । च्याउ हालेर पानी उमालेर त्यसलाई छानेर उनले त्यो सुपलाई इन्जेक्सनको माध्यमले शरीरमा हालेका थिए । इनसाइडरले अध्ययन गरेको केस रिपोर्टका अनुसार चिया इन्जेक्ट गरेको केही समयमा उनको स्वास्थ्य बिग्रिएको थियो । उनलाई जन्डिस, पखाला, बान्ता हुने, थकान हुने जस्ता समस्या देखियो ।
परिवारले उनलाई तत्कालै नेब्रास्का अस्पताल लिएर गए । डाक्टरहरुले जाँचको क्रममा उनको कलेजो क्षतिग्रस्त भएको, मृगौलाले ठिकसँग काम नगरेको र उनी अर.ग्यान फेलियरको स्थितिमा पुगेको पाएका थिए । डाक्टरहरुले उनको रगतको जाँचमा उनको नशाभित्रको अँध्यारोमा च्याउ उनको नशाभित्रै उम्रिन थालेको पाएका थिए । डाक्टरका अनुसार उनलाई २२ दिन अस्पतालमा राख्नु परेको थियो र अब पनि उनले लामो समयसम्म एन्टिफंगल र एन्टिबायोटिक्स औषधि खाइरहनुपर्छ ।







डिसी नेपाल







Facebook Comment