जर्मनीमा लश्चेत मर्केलको ‘उत्तराधिकारी’ चयन

डिसी नेपाल
३ माघ २०७७ २०:३१
56
Shares

बर्लिन (एएफपी)। जर्मनीमा चान्सलर एन्जेला मर्केलको नेतृत्वमा रहेको गठबन्धन (सीडीयू) ले नयाँ नेतृत्वमा अर्मिन लश्चेतलाई चयन गरेको छ । लाचेतलाई मर्केलको निकट सहयोगी र बहुसांस्कृतिकताको रक्षकका रूपमा हेर्ने गरिएको छ । लाचेतले चान्सलर एन्जेला मर्केलको राजनीतिक मार्गलाई जारी राख्ने प्रतिवद्धता जाहेर गरेका छन्।

कर्पोरेट वकिल फ्रेडरिक मर्ज र विदेश मामिला विज्ञ नोर्बर्ट रोत्जेनलाई पराजित गर्दै शनिबार ५९ वर्षीय लश्चेत सीडीयू प्रमुख चयन भएका हुन्।

सीडीयू अध्यक्षले परम्परागत रूपमा पार्टी र यसको भगिनी बभेरियाली सीएसयू पार्टीलाई निर्वाचनमा अघि सार्छ । यसको अर्थ लश्चेत जर्मनीको चान्सलरमा प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ ।

व्यावहारवादी, प्रतिष्ठित तथा मृदुभाषी उदारतावादी लाश्चेत हाल जर्मनीको सबैभन्दा बढी जनसंख्या भएको नर्थ राइन–वेस्टफालियाका नेता हुन्।
उनलाई मर्केलका एक वफादार अनुयायीका रूपमा मानिन्छ । सन् २०१५ मा जर्मनीले सिरिया लगायत अन्य मुलुकबाट आएका सयौं हजारौं आप्रवासीहरूको लागि सीमाना खुल्ला गर्दा मर्केललाई साथ दिने उनलाई एक इमान्दार नेताका रूपमा चिनिन्छ ।

आफ्नो राज्यमा आर्थिक र सामाजिक वरदानको रूपमा विविधतालाई स्वीकार गर्ने उनलाई मर्केलभन्दा अझ बढी आप्रवासी समर्थकको रूपमा हेर्ने गरिन्छ ।

सीडीयूको नेतृत्व गर्ने अभियानको क्रममा उनले आफूलाई मर्केलले निरन्तरता दिने उम्मेदवारको रूपमा उभ्याउँदै स्टर्न पत्रिकासँग ‘मर्केलसँग विभाजित हुनुले जर्मनीबारे विश्वलाई एउटा गलत सन्देश पठाइने’ बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *