बाइडेनको शपथ ग्रहण अघि अमेरिकामा सुरक्षा व्यवस्था कडा

डिसी नेपाल
३ माघ २०७७ २२:४९
140
Shares

वाशिङ्टन (एजेन्सी)। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्नुअघि अमेरिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। अमेरिकाका सबै ५० राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ। समाचार अनुसार डिस्ट्रक अफ कोलम्बिया (डीसी)मा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

२० जनावरीमा हुने शपथ ग्रहण कार्यक्रमका दिन देशभर हिंसात्मक घटना हुन सक्ने सम्भावना रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ। अमेरिकी नेशनल गार्डलाई हतियारसहित परिचालन गरिएको समाचारमा जनाइएको छ। ८ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवन क्यापिटल हिलमा आक्रमण गरेका थिए। जुन घटनामा ५ जनाको मृत्यु भएको थियो।

अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई)ले ट्रम्पका समर्थकहरुले २० जनवरीमा पचारस वटै राज्यका राजधानीमा ट्रम्पको समर्थनमा मार्च गर्न सक्ने चेतावनी दिएको छ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प डेमोक्रेटिक उम्मेदवार बाइडेनसँग पराजित भएका थिए। तर, उनले हालसम्म हार स्वीकार गरेका छैनन्। र आफूले जितेको तर विरोधीहरुले आफ्नो जितलाई चोरेको भन्दै भ्रम फैलाइरहेका छन्। उनकै भ्रमपूर्ण भाषणका कारण क्यापिटल हिलमा आक्रमण भएको भन्दै उनीमाथि महाअभियोग लगाइएको छ।

क्यापिटल हिल आक्रमणपछि ट्रम्प सत्ता हस्तान्तरण गर्न तयार भएका थिए। तर, उनले सत्ता हस्तान्तरण कार्यक्रम सहभागी नहुने बताइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *