भारतमा कोरोना भ्याक्सिन लगाएको २४ घण्टामा अस्पतालका कर्मचारीको मृत्यु

डिसी नेपाल
५ माघ २०७७ ११:४३
512
Shares

काठमाडौं। भारतको उत्तर प्रदेश राज्यको मुरादाबादमा एक सरकारी अस्पतालमा कार्यरत कर्मचारीको कोरोनाभाइरस भ्याक्सिन लगाएको २४ घण्टापछि मृत्यु भएको छ । उनको आइतबार राती मृत्यु भएको हो । जिल्लाका मुख्य मेडिकल अधिकारीले भने यो मृत्यु भ्याक्सिनसँग सम्बन्धित नभएको बताएका छन् । महिपाल सिंह नामका वार्ड ब्वायको छाती दुख्ने र सास फेर्न समस्या भएपछि मृत्यु भएको थियो ।

परिवारका अनुसार उनी खोप लिनुभन्दा पहिले अस्वस्थ भएका थिए । उनलाई शनिबार दिउँसो खोप दिइएको थियो । आइतबार उनलाई सास फेर्न समस्या भयो र छाती दुख्न थाल्यो । मुरादाबादका मुख्य मेडिकल अधिकारी एमसी गर्गका अनुसार मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ । गर्गका अनुसार सिंहको पोस्टमार्टम गरिनेछ । उनले शनिबार पनि रातको ड्युटी गरेका थिए र कुनै समस्या देखिएको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *