ड्रोन उडाइरहेका प्रहरीले रिमोटमा गलत बटन थिच्दा १ करोड मूल्यको ड्रोन खसेर नष्ट

डिसी नेपाल
५ माघ २०७७ १३:१४
16.3k
Shares

काठमाडौं। ड्रोन उडाइरहेका एक जना प्रहरी अधिकारीले ड्रोनको रिमोटमा गलत बटन थिचेपछि ड्रोन भुइँमा खसेर नष्ट भएको छ । बेलायतको ससेक्समा कार्यरत नाम नखुलाइएका ती अधिकारीले ६४ हजार पाउण्ड (१ करोड रुपैयाँ) मूल्य पर्ने ड्रोनलाई हराइरहेका एक व्यक्तिलाई खोज्ने कामको लागि रातको समयमा थर्मल इमेजिङ क्यामेराको रुपमा प्रयोग गर्नका लागि उडाइरहेका थिए ।

ड्रोन उडाइरहेको बेला उनले ड्रोन उडाउन प्रयोग गरिरहेको ट्याब्लेट कम्प्युटरमा एउटा चेतावनी सन्देश आयो तर उनले त्यो सन्देश के हो भन्ने बुझ्न सकेनन् । ३३ वर्षका ती अधिकारीले स्क्रिनबाट त्यो चेतावनी सन्देश हटाउनको लागि पटक पटक त्यो चेतावनीमाथि क्लिक गरे । तर, उनलाई थाहा थिएन यसो गरेर उनले ड्रोनका ४ वटै इलेक्ट्रिक मोटरहरु बन्द गरिरहेका थिए ।

सबै मोटर बन्द भएपछि अन्ततः ड्रोन भुइँमा रहेको पोखरीमा खस्यो । ती पुलिस अधिकारीसँग ड्रोन उडाएको मात्रै ६ घण्टाको अनुभव थियो । अनुसन्धानका अनुसार एर्योन स्काइरेन्जर आर६० ड्रोन पानीमा खसेपछि काम नलाग्ने भएको थियो । यो ड्रोन २०१६ मा ससेक्स र सर्रे पुलिसको लागि २ लाख ५० हजार पाउण्ड खर्च गरेर किनिएका जुनसुकै मौसममा काम गर्ने ४ उपकरणमध्येको एक थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *