गुजरातमा फुटपाथमा सुतेका मजदूरमाथिबाट ट्रक चड्यो, १३ जनाको मृत्यु

डिसी नेपाल
६ माघ २०७७ १०:३२

काठमाडौं । भारतको गुजरात राज्यको सुरत शहरमा सडकमा सुतेका मजदुरमाथि ट्रक गुड्दा १३ जनाको मृत्यु भएको छ। सुरत शहरको कोसाम्बाको नजिकै गएराति सडकमा सुतिरहेकाहरुको माथिबाट ट्रक गुडेको भारतीय संचार माध्यामहरुले जनाएका छन्।

भारतीय प्रहरीलाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘सबै मजदूरहरु राजस्थानको बाँसवाडा जिल्लाको कुशलगढका हुन।’

प्रहरीका अनुसार उक्त ट्रक उखु बोकेको एक ट्याक्टरसँग ठोकिएर नियन्त्रण बाहिर भएको थियो। ट्रक नियन्त्रणबाहिर भएपछि फुट्पाथमा सुतेकाहरुमाथि चडेको हो। उक्त घटनामा १३ जनाको ज्यान गएको छ।

उक्त घटनाका बेला फुटपातमा १८ जना मजदूरहरु सुतिरहेका थिए। १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भिररुपमा घाइते भएकाहरुमध्ये १ जनाको अस्पतालमा मृत्यु भएको भारतीय सञ्चार माध्यामले जनाएका छन। अन्यको उपचार भइरहेको छ।

भारतीय प्रधानमन्त्रीले ज्यान गुमाउने प्रति श्रदाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन्। उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट जनही २ लाख रुपैयाँ सहायता प्रदान गरिने घोषणा गरेका छन। यस्तै उनले ५० हजारका दरले घाइतेलाई सहयोग गर्ने पनि बताएका छन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *