यूएईस्थित नेपाली दूतावासका कर्मचारीलाई कोभिड देखिएपछि कन्सुलर सेवा बन्द

डिसी नेपाल
६ माघ २०७७ १३:२१
72
Shares

काठमाडौं। संयुक्त अरब ईमिरेट्स (यूएई)स्थित नेपाली राजदूतावासमा कार्यरत केहि कर्मचारीलाई कोभिड–१९ को संक्रमण देखिएपछि दूतावासले दिंदै आएको सेवा केहि समयका लागि बन्द भएको छ।

दूतावासका अनुसार कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सावधानी अपनाउनुपर्ने भएकोले दूतावासबाट लिनुपर्ने कन्सुलर सेवाहरू (राहदानी, यात्रा अनुमतिपत्र, भीसा, अधिकृत वारिसनामा, मागपत्र प्रमाणीकरणलगायतका अन्य कागजात प्रमाणीकरण) आज(मंगलबार)देखि केही समयका लागि बन्द भएको हो।

सेवाग्राहीहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनुपर्ने भएकोले राजदूतावासले भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सेवाहरु बन्द गरेको दूतावासले सूचना जारी गरेको छ।

अत्यन्त जरूरी एवं भौतिक उपस्थिति बिना लिन सकिने सेवाहरू भने यथावत रहने दूतावासले जनाएको छ। साथै, संक्रमणमुक्त भएको सुनिश्चितता गरी स्थगित सेवाहरू यथाशीघ्र पुनःसुचारु गरिने समेत जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *