अमेरिकी सभामुखको ल्यापटप चोरेर रुसी जासुसलाई बेच्न प्रयासरत युवती पक्राउ

डिसी नेपाल
६ माघ २०७७ १३:३६
1.2k
Shares

काठमाडौं। अमेरिकाको संघीय जाँच ब्यूरो (एफबीआइ)ले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ल्यापटप चोरेर रुसी जासुसलाई बेच्न प्रयासरत एक युवतीलाई पक्राउ गरेको छ । पेन्सलभेनियामा केयर होममा काम गर्ने ती युवतीले गएको जनवरी ६ मा क्यापिटल हिलमा भएको आक्रमणमा पेलोसीको ल्यापटप चोरेकी थिइन् र पछि त्यसलाई रुसी जासुसलाई बेच्ने प्रयास गरेकी थिइन् । डेलीमेलका अनुसार राइली जून विलियम्स नामकी २२ वर्षीया ती युवतीलाई सोमबार मध्य पेन्सलभेनियाबाट पक्राउ गरिएको अमेरिकाको न्याय विभागले जनाएको छ ।

उनलाई कहाँ पक्राउ गरियो र कहाँ राखिएको छ भन्ने प्रस्ट छैन । उनलाई पक्राउ गरिएको हो वा उनले आत्मसमर्थण गरेकी हुन् भन्ने पनि खुलेको छैन । उनीमाथि क्यापिटल हिलको प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेको, हिंस्रक रुपमा प्रवेश गरेको लगायतका अभियोगमा मुद्दा चलाइएको भोलिपल्ट उनलाई पक्राउ गरिएको हो । संघीय अभियोजन दस्तावेजका अनुसार विलियम्सले प्रदर्शनकारीहरुलाई पेलोसीको कार्यालयतर्फ लैजाँदै गरेको भिडियो फुटेजमा देखिएको छ ।

पक्राउ पर्नुअघि विलियम्स ह्यारिसबर्गमा आफ्नी आमासँग बस्दै आएको अपार्टमेन्टबाट भागेको बताइएको छ । उनले भाग्नुअघि एउटा झोला प्याक गरेर आमालाई केही हप्तामा फर्किने बताएर गएकी थिइन् । उनले आफू कहाँ जान लागेको भन्ने आमालाई बताएकी थिइनन् । अब उनलाई न्यान्सी पेलोसीको ल्यापटप चोरीको अभियोगमा मुद्दा चलाइनेछ यद्यपि अहिलेसम्म यो मुद्दा दर्ता भने भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *