ब्रेक्जिटले प्रभावित व्यवसायीलाई सरकारले दिने अनुदानमा ढिलाइ, लण्डनमा विरोध प्रदर्शन

डिसी नेपाल
६ माघ २०७७ १४:३४
68
Shares

काडमाडौं। बेलायतमा माछा व्यवसायीहरुले गरिरहेको प्रदर्शनका बीच प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटका कारण प्रभावित व्यवसायलाई दिने घोषणा गरेको २३ मिलियन पाउण्ड सहयोगमा ढिलाइ भएको छ । मध्य लण्डनका सरकारी विभागहरुबाहिर निर्यातकर्ताहरुले आफूहरुको दैनिक जीवनयापन खतरामा परेको भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । आलो माछा र सीफूड निर्यातकर्ताहरु यो महिनाको सुरुवातमा बेलायतको ट्रान्जिसन अवधि सकिएपछि अवरोधको सामना गर्नु परिरहेको छ ।

प्रधानमन्त्रीले भने ढिलाइ व्यवसायीहरुको गल्ती नभएको भन्दै प्रभावित व्यवसायलाई ढिलाइका कारण भएको नोक्सानीको पनि क्षतिपूर्ति दिइने बताएका छन् । यद्योग संगठनहरुले थप कागजी कारवाही गर्नु परेका कारण आफ्ना उत्पादनलाई नबिग्रिँदै युरोपको मुख्य क्षेत्रमा पुर्याउन कठिनाइ भएको बताएका छन् । उनीहरुले स्थिति कायमै रहेमा रोजगारी जोखिममा पर्ने बताएका छन् ।

प्रधानमन्त्री जोनसनले व्यवसायीहरुको गल्ती नहुँदा पनि उनीहरुका सामान वास्तविक ग्राहकसम्म पुग्ने क्रममा अवरोध भएकोमा उनीहरुलाई क्षतिपूर्ति दिइने बताएका छन् । ‘हामीले २३ मिलियन पाउण्डको क्षतिपूर्ति कोष तयार पारेका छौं र सबैले क्षतिपूर्ति पाउनेछन्’ उनले भने । यो योजनाबारे विस्तृत विवरण यो हप्ताको अन्त्यसम्म आउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *