कुहिरोले बाटो नदेखेपछि लोडसहितको ट्रक कैयौं गाडीसँग ठोक्किँदा १३ जनाको मृत्यु

डिसी नेपाल
७ माघ २०७७ ९:३५
840
Shares

काठमाडौं। भारतको पश्चिम बंगालको जल्पाइगुडीमा कुहिरोका कारण गम्भीर दुर्घटना भएको छ । धुपगुडी क्षेत्रमा मंगलबार राती ९ बजे लोड भरिएको ट्रक कैयौं गाडीहरुसँग ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएको बताइएको छ । घाइतेहरुलाई जल्पाइगुडी अस्पतालमा भर्ना गरिएको छ ।

जल्पाइगुडीका एएसपी डा. सुमन्त रोयका अनुसार मंगलबार राती ९ बजेर ५ किनेटको समयमा लोड भरिएको ट्रक मायानालीमा गइरहेको थियो । अर्कोतर्फबाट टाटा म्याजिक र मारुती भ्यान गलत दिशामा आइरहेका थिए । कुहिरोले नदेखेपछि ट्रक र टाटा म्याजिक ठोक्किए । त्यसपछि ट्रकले मारुती भ्यानलाई पनि ठक्कर दियो । यस क्रममा ट्रकमा लोड गरिएको सामान कैयौं गाडीमाथि खस्यो । यो दुर्घटनामा १३ जनाको मृत्यु भयो, १८ जना घाइते भए । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना भएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्न लागेको थियो । यही क्रममा विपरित दिशाबाट आएका डागीसँग ठोक्कियो । ट्रक चालकलाई हिरासतमा लिइएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *