कोरोनाको डरले ३ महिनासम्म विमानस्थलको बास !

डिसी नेपाल
७ माघ २०७७ १२:४९
352
Shares

काठमाडौं। कोरोनाभाइरस महामारीले लाखौं मानिसको ज्यान लिनुका साथै उनीहरुमा डर र असुरक्षाको भाव पनि बढाएको छ । कोरोनाको डरका कारण ३६ वर्षका एक व्यक्ति ३ महिनासम्म विमानस्थलको सुरक्षित स्थानमा बसिरहेको पाइएको छ । ३६ वर्षका आदित्य सिंह नामका व्यक्तिलाई शिकागो अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।

शिकागो ट्रिब्युनका अनुसार १९ अक्टोबरमा उनी शिकागोको ओहारे अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । लस एन्जल्सबाट आएको विमानमा आएका आदित्यसँग एयरलाइन्सका स्टाफले परिचय पत्र माग्दा उनले एउटा ब्याच देखाए । खासमा अपरेशन म्यानेजरको यो ब्याच उनले विमानस्थलमै भेट्टाएका थिए । त्यसपछि तीन महिनासम्म उनी त्यहीँ बसिरहेका थिए ।

असिस्टेन्ट पब्लिक डिफेण्डर कर्टनी स्मलउडका अनुसार आदित्य सिंहसँग हस्पिटालिटीमा मास्टर्स डिग्री छ । उनी अहिले बेरोजगार छन् र उनी एक साथीसँग लस एन्जल्समा बस्छन् । शिकागो उड्डयन विभागले एक बयान जारी गर्दै आदित्यले ३ महिना त्यहाँ बस्दा विमानस्थलको सुरक्षामा हानी हुने कुनै काम नगरेको र यात्रीको लागि खतरा नबनेको बताएको छ । आदित्यलाई २७ जनवरीमा अदालतमा पेश गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *