ट्रम्पले छोडे ह्वाइटहाउस

डिसी नेपाल
७ माघ २०७७ १९:२७
644
Shares

वाशिंगटन (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति भवन छोडेका छन्। गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग पराजित भएका ट्रम्पले चुनावी परिणाम उल्ट्याउने असफल प्रयास गरेका थिए। तर, उनको प्रयास सफल नभएपछि उनी बुधबार ह्वाइटहाउस छाड्न बाध्य भए।

जो बाइडेनले बुधबार नै राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन्। ट्रम्प ह्वाइटहाउसबाट बाहिरिएको भिडियो अमेरिकी सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन्। श्रीमती मेलेनिया ट्रम्पसँगै डोनाल्डले ह्वाइटहाउसबाट अमेरिकी सेनाको हेलिकोप्टरबाट फ्लोरिडाका लागि उडान भरेका छन्।

सत्ता हस्तान्तरण गर्दा उनी बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी हुनुपर्ने भए पनि उनले सो समारोहमा सहभागिता नजनाउने यसअघि नै बताइसकेका थिए। ट्रम्पले अन्तिमसम्म पनि चुनावी परिणाम स्वीकार गरेनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *