ट्रम्पको नजिक रहेर काम गर्ने विदेशमन्त्रीसहित २८ जनलाई चीन प्रवेशमा रोक
काठमाडौं । चीनले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिक रहेर काम गर्ने २८ जनालाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको छ। अमेरिकामा नयाँ राष्ट्रपति जो वाइडेनको सपथ ग्रह कार्यक्र चरिरहेका बेला चीनले यस्तो निर्णय गरेको हो।
चीनले प्रतिबन्ध लगाएका मध्ये पूर्व विदेशमन्त्री माइक पोम्पियो पनि रहेका छन्। उनी लगायत ट्रम्पको नजिक रहेर काम गर्ने २८ जना रहेको संचार माध्यामहरुले जनाएका छन।
पोम्पियोले ट्रम्प प्रशासनको अन्तिम दिन चीनले मसलमानको दमन गरी नरसंहार गरेको बताएका थिए। उनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले सुनियोजित तरिकाले मुसलमान सक्ने काम गरिरहेको छ। चीनले नरसंहार अझै पनि जारी राखेको छ।’
चीनको राष्ट्रिय सम्प्रभुतामा आँच आउने किसिमका टिप्पणी गरेकोले प्रतिबन्ध लगाएको जनाएको छ। चीनको विदेश मन्त्रालयले जनाए अनुसार उक्त २८ जनाका परिवार र नातेदारसमेतलाई चीन प्रवेशमा रोक लगाइएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment