प्रतिनिधिसभा विघटन विरूद्ध कांग्रेसले देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्दै

डिसी नेपाल
८ माघ २०७७ ८:३४
68
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलाीको निर्णयलाई असंवैधानिक भन्दै आएको नेपाली कांग्रेसले आज (बिहीबार) देशभरका ६ हजार ७ सय ४३ वटामा विरोध प्रदर्शन गर्दैछ।

कांग्रेस केन्द्रीय समितिको पुस १९ गतेको बैठकको निर्णयअनुसार विहीबार वडा तहमा प्रदर्शन गर्न लागिएको हो।  यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका छन्।

उनले बुधबार विज्ञप्तिमार्फत बिहीबार वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल गरेका हुन्।

विघटनको कदमविरुद्ध काँग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *