सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको मृत्यु

डिसी नेपाल
१६ साउन २०८३ १५:१८

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको भवनबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको तीनतले केन्द्रीय भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार कार्की बीएचएमको प्रवेश परीक्षा दिन गएको समयमा छतबाट हाम फालेका थिए।

घटनालगत्तै उनलाई महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा थप उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा दिउँसो १२ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *