जो बाइडेनको पार्टी कार्यालयमा आक्रमण, शपथलगत्तै भयो तोडफोड

डिसी नेपाल
८ माघ २०७७ १४:५३

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गरेलगत्तै पोर्टल्याण्डमा उनको पार्टीको कार्यालयमा प्रदर्शनकारीहरुले आक्रमण गरेका छन् । प्रदर्शनकारीहरुले आक्रमणका क्रममा पुलिस विरुद्ध र फाँसीवादी नरसंहारको नारा लगाइरहेका थिए । प्रदर्शनपछि सिएटलमा कैयौं गिरफ्तारी भएका छन् । पोर्टल्याण्ड पुलिसले ८ जनालाई इस्तो आरोपमा गिरफ्तार गरिएको बताएको छ । उनीहरुमाथि आपराधिक काम, विध्वंशक उपकरण बोकेको, दंगा र आगजनीको आरोप लगाइएको छ ।

डेमोक्रेटिक पार्टी अफ ओरेगोनले एक बयान जारी गर्दै भनेको छ ‘यो पहिलो पटक होइन, अघिल्लो वर्ष पनि हाम्रो भवनमा तोडफोड गरिएको छ । पहिलेका घटनामा पनि हामीले महत्वपूर्ण काम गर्यौं । कुनै यस्तो घटनाले हामीलाई काम गर्नबाट रोक्न सक्दैन । न्यूयोर्क टाइम्सका अनुसार कालो रंगमा करिब २ सय प्रदर्शनकारीहरुले पुलिस अधिकारीले गरेको हत्या र फाँसीवादी नरसंहारका लागि सरकार विरोधी नारा लगाए र पोर्टल्याण्डका सडकमा लिएर गए । यस क्रममा उनीहरुले ‘वी डोन्ट वान्ट बाइडेन, वी वान्ट रिभेन्ज (हामी बाइडेन चाहँदैनौं हामी बदला चाहन्छौं) जस्ता नारा लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *