प्रचण्ड र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो : प्रधानमन्त्री ओली

डिसी नेपाल
८ माघ २०७७ १५:०३
128
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालको ‘प्रेम’ लाई सिनेमाको जस्तो नक्कली प्रेमको संज्ञा दिएका छन्। बिहीबार आफू निकट पत्रकार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालको नाम नलिइ उनीहरुको प्रेमलाई सिनेमाको जस्तो भएको टिप्पणी गरेका हुन्।

‘समाजमा विभिन्न प्रकारका व्यक्ति हुन्छन्, उनीहरुले आफ्नो स्वार्थका लागि विभिन्न हाउभाउ गर्छन्। जनतालाई सिनेमा देखाउँछन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सिनेमामा हिरो हुन्छ, हिरोइन हुन्छ। हिरोइनलाई चोट लाग्छ, हिरो भावुक हुन्छ, विलौना गर्छ। तर वास्तवमा त्यो केहीपनि हुँदैन।’

पछिल्ला बैठकहरुमा प्रचण्डले माधव नेपालको प्रसंसा गर्न थालेका छन्, त्यहीतर्फ संकेत गर्दै उनीहरुको ‘प्रेम’लाई नक्कली प्रेमको संज्ञा दिएका हुन्। प्रधानमन्त्री ओलीले केही मानिस नाटक देखाउने, रुने र जनतालाई झुक्याउन तल्लिन भएको भन्दै त्यस्ता तत्वबाट जनतालाई सचेत गराउन आग्रह गरे।

‘हामी कुनै आवेश, उत्तेजना, आक्रोश, प्रतिशोधमा छैनौं। हामी रातो झण्डा फहराउनेहरु हौं। पेरिस डाँडामा जस्तो कालो झण्डा फहराउने होइनौं,’ उनले भने, ‘हामी सडकमा हिँड्दा रातो झण्डा बोकेर हिँड्नेवाला हौं कालो झण्डा बोक्ने होइनौं। हाम्रो गन्तव्य कालो र अन्धकार होइन। हामीलाई देश बनाउनुछ। सुशासनको बाटोमा लैजानु छ, भ्रष्टाचार नियनन्त्रण गर्दै समाप्त पार्नुपर्नेछ। हामी हाम्रो बाटोमा स्पष्ट छौं।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *