नेपाल आउने कोरोना भ्याक्सिन बनाउने विश्वकै ठूलो कारखानामा भीषण आगलागी
काठमाडौं। विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियाको कारखानामा भीषण आगलागी भएको छ । पुणेस्थित यो कारखाना सिरमको सबैभन्दा ठूलो कारखाना हो । यहाँ अहिले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन उत्पादनको काम भइरहेको छ । यहाँ अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको भ्याक्सिन उत्पादनको काम भइरहेको छ ।
The incident of fire at the Serum Institute of India took place at Manjri Plant. It will not affect the production of vaccine: Sources pic.twitter.com/4Qq929xLIs
— ANI (@ANI) January 21, 2021
कोभिशिल्ड नामक भ्याक्सिन उत्पादन गर्ने यो कारखानामा आज दिउँसो लागेको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । भारतले आज मात्रै नेपाललाई १० लाख डोज भ्याक्सिन पठाएको थियो । यो भ्याक्सिन यही कारखानामा उत्पादन भएको हो । समाचार एजेन्सी एएनआइका अनुसार आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । १० वटा अग्नी नियन्त्रक गाडी घटनास्थलमा पुगिसकेका छन् ।
गेट नम्बर १ मा आगो लागेको हो । आगोको प्रकोप लगातार बढिरहेको छ । भवनको दोस्रो, तेस्रो, चौथो र पाँचौं तलासम्म आगो पुगिसकेको छ । आगोले भएको नोक्सानबारे अहिलेसम्म जानकारी छैन । आगोका कारण चारैतिर धुवाँको बादल फैलिएको छ । मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन ।







डिसी नेपाल







Facebook Comment