३५ लाख धरौटी बुझाउन नसकेपछि न्यौपाने जेल चलान
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धानका तत्कालिन आयुक्त राजनारायण पाठकलाई घुस दिएको प्रकरणमा मुद्दा खेपिरहेका नेपाल इन्जिनियरिंग कलेज चाँगुनारायणका पूर्वकार्यकारी प्रमुख लम्बोदर न्यौपानले बिहीबार जेल चलान भएका छन्।
भक्तपुर जिल्ला अदालतले न्यौपानेसँग ३५ लाख रुपैयाँ धरौटी मागेको थियो। सो धरौटी रकम जम्मा गर्न नसकेपछि न्यौपानले बिहीबार डिल्ली बजार जेल चलान भए। न्यौपानले तत्कालिन अख्तियारका आयुक्त पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको अडियो बाहिरिएको थियो। सो प्रकरणपछि प्रहरीले न्यौपानेमाथि ठगी आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो।
उनलाई गएको मंसिर १० गते काठमाडौंको चण्डोलस्थित निवासबाटै केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। न्यौपानेविरूद्ध बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ माग गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment