कृषिमा विदेशीले पनि लगानी गर्न पाउने सरकारको निर्णयको १८ संघसंस्थाद्वारा विरोध (विज्ञप्तिसहित)
काठमाडौं । सरकारले कृषि क्षेत्रमा पनि विदेशीले पनि लगानी गर्न पाउने भनी निर्णय गरेपछि किसानहरुले विरोध गरेका छन। कृषि क्षेत्रमा आबद्ध विभिन्न १९ संघसंस्थाहरुले विज्ञप्ति जारी गरी विरोध जनाएका हुन।
उनीहरुले विज्ञप्तिमा उत्पादनको प्राथमिक क्षेत्रमा बैदेशिक लगानी भित्रिए समग्र कृषि क्षेत्र नै ध्वस्त हुने बताएका छन।
अखिल नेपाल किसान संघ, नेपाल किसान संघ, राष्ट्रय भूमि अधिकार मञ्च, अखिल नेपाल कुखुरापालन किसान संघ, राष्ट्रिय व्यवासायिक कृषि तथा पशुपालक किसान संघ लगायतका देशभरका १८ वटा संघ संघठनहरुले संयुक्त विज्ञप्ति जारी गरी विरोध जनाएका हुन।
विज्ञप्तिमा भनिएको छ, ‘यदि कृषिको प्राथमिक क्षेत्रमै वैदेशिक लगानी भित्रिए निर्वाहमुखी, साना तथा मझौलामात्र नभइ धनी तथा व्यावसायिक किसानसमेत प्रतिस्पर्धामा उत्रन नसक्ने, नेपाली किसान तथा समग्र कृषि क्षेत्र नै ध्वस्त हुने र देशको खाद्य प्रणाली नै विदेशीको हातमा पुग्छ ।’
सरकारको सो निर्णयबाट नेपाली कृषि क्षेत्र र कृषि बजार विदेशी बहुराष्ट्रिय निगम र करपोरेटहरुको क्रिडास्थल बन्ने उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन। विज्ञप्तिमा भनिएको छ, ‘नेपालको प्राकृतिक श्रोत साधन र बजार त्यस्ता कम्पनीहरुको नियन्त्रणमा पुग्ने, क्रमशः यहाँका किसानहरुले विदेशी कम्पनीहरुको इसारामा चल्न विवस हुनेछन्।’

No ads found for this position


डिसी नेपाल
Facebook Comment