प्रधानमन्त्री ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता, वाइडेनको प्राथमिकताबारे प्रधानमन्त्रीलाई जानकारी

डिसी नेपाल
९ माघ २०७७ १४:३९
180
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी  बेरीबीच भेट भएको छ। उक्त भेटमा जलवायु परिवर्तनको चुनौतीसँग जुध्न अमेरिकाले नेपालसँग मिलेर सगरमाथा संवाद गर्ने प्रस्ताव गरेको छ। राजदूत बेरीले जलवायु परिवर्तनको मुद्दामा सगरमाथा संवाद जरुरी रहेको बताएका हुन्।

राजदूत बेरीले प्रधानमन्त्रीसँगको भेटमा भनेका छन्, ‘बाइडन प्रशासन जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहन्छ ।’

‘जलवायु परिवर्तनको मुद्दामा नेपाल फ्रन्टलाइनमा छ’, अमेरिकी दूतावासले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ, ‘कार्यकालको पहिलो निर्णय अनुरुप राष्ट्रपति बाइडेनले पेरिस जलवायु सम्झौतामा पुनः अमेरिकी संलग्नता हुने हुने निधो गर्नुभएको छ। नेपाल पनि प्रभावित मुलुकमध्ये हो। दुतावास नेपालसँग मिलेर सगरमाथा संवाद डायलग संचालन गर्न इच्छुक छ।’

आफ्नो सपथ ग्रहण समारोहमा बाइडनले भनेका थिए, ‘अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ । हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ । हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न । हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ। हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ ।’

राष्ट्रपति बाइडेनको नयाँ विश्व नीतिको एक हिस्साअन्तर्गत राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई भेटेको पनि उल्लेख छ। भेटमा राजदूतले महिला, बालबालिका लगायतको मानवअधिकारका मुद्दामा पनि नेपालसँग मिलेर काम गर्न अमेरिका तयार रहेको बताएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.