आज देशभर माैसम बदली हुने
काठमाडौं । शनिबार (आज) देशका केही भागमा बदली र सामान्य वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आज नेपालमा पश्चिमी वायुको प्रभाव परेकाले माैसममा बदली भएकाे महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ। तराई भू-भागहरुमा हुस्सु/कुहिरो लागेको को छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ।
दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ। यी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले सूचित समेत गरेकाे छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment