जो बाइडेनको सुरक्षामा तैनाथ १ सय ५० भन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित
Joe Biden is sworn in as the 46th president of the United States by Chief Justice John Roberts as Jill Biden holds the Bible during the 59th Presidential Inauguration at the U.S. Capitol in Washington, Wednesday, Jan. 20, 2021. (AP Photo/Andrew Harnik)
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनको सुरक्षामा खटिएका १ सय ५० भन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन् । शुक्रबार एक अमेरिकी अधिकारीले यसको जानकारी दिएका हुन् । जो बाइडेनले राष्ट्रपति पदको शपथ ग्रहण समारोहमा तैनाथ गरिएका सुरक्षाकर्मीहरु संक्रमित पाइएका हुन् । ६ जनवरीमा डोनाल्ड ट्रम्प समर्थकले क्यापिटल हिलमा आक्रमण गरेपछि त्यहाँ कडा सुरक्षा व्यवस्था मिलाइएको थियो ।
एक अधिकारीका अनुसार क्यापिटल हिलमा तैनाथ गरिएका सुरक्षाकर्मीमध्ये कैयौं सुरक्षाकर्मी संक्रमित पाइएका छन् । ती अधिकारीका अनुसार संक्रमित सुरक्षाकर्मीको संख्या अझै बढ्न सक्छ । अमेरिकामा बिहीबार मात्र कोरोनाभाइरसका कारण ४ हजारभन्दा धेरैको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख १० हजारभन्दा धेरै भएको छ ।







डिसी नेपाल







Facebook Comment