जो बाइडेनको सुरक्षामा तैनाथ १ सय ५० भन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित

डिसी नेपाल
१० माघ २०७७ ११:२२

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनको सुरक्षामा खटिएका १ सय ५० भन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन् । शुक्रबार एक अमेरिकी अधिकारीले यसको जानकारी दिएका हुन् । जो बाइडेनले राष्ट्रपति पदको शपथ ग्रहण समारोहमा तैनाथ गरिएका सुरक्षाकर्मीहरु संक्रमित पाइएका हुन् । ६ जनवरीमा डोनाल्ड ट्रम्प समर्थकले क्यापिटल हिलमा आक्रमण गरेपछि त्यहाँ कडा सुरक्षा व्यवस्था मिलाइएको थियो ।

एक अधिकारीका अनुसार क्यापिटल हिलमा तैनाथ गरिएका सुरक्षाकर्मीमध्ये कैयौं सुरक्षाकर्मी संक्रमित पाइएका छन् । ती अधिकारीका अनुसार संक्रमित सुरक्षाकर्मीको संख्या अझै बढ्न सक्छ । अमेरिकामा बिहीबार मात्र कोरोनाभाइरसका कारण ४ हजारभन्दा धेरैको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख १० हजारभन्दा धेरै भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *