जग्गा बेच्न दुई करोड बैना लिएर जग्गा नदिएपछि ओलम्पिया स्कुलका सञ्चालक पक्राउ

डिसी नेपाल
१० माघ २०७७ १७:०८
228
Shares

काठमाडौं। ठगी आरोपमा ओलम्पिया वर्ल्ड स्कुलका दुईजना सञ्चालक पक्राउ परेका छन्। काठमाडौंको ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकहरुले पौने ३ करोड रुपैया ठगी गरेको आरोपमा प्रहरीले सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले दुईजनालाई पक्राउ गरिएको जानकारी दिए।

कोटेश्वरको जग्गामा बैना लिएर जग्गा नदिएको र बैना पनि फिर्ता नगरेकाले उनीहरुलाई ठगी मुद्दामा अदालतबाट जारी भएको वारेन्टका आधारमा पक्राउ गरिएको हो।

उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको २ रोपनी १४ आना २ पैसा जग्गा विक्री गर्न कृष्णप्रसाद देवकोटासँग वैशाख २०७६ मा २ करोड ७५ लाख बैना लिएका थिए। तर जग्गा अर्कैलाई बेचेपछि उनीहरुविरुद्ध उजुरी परेको थियो। सोही उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार अन्य सञ्चालकहरु भने फरार रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.