भारतमा आन्दोलनरत किसानले गरे आत्महत्या

डिसी नेपाल
१० माघ २०७७ १८:२२
148
Shares

नयाँ दिल्ली (एजेन्सी)। भारतमा सरकारले ल्याएका तीनवटा कृषि कानूनविरुद्ध आन्दोलनरत किसान मध्ये एकजनाले शनिबार आत्महत्या गरेका छन्। दिल्ली र हरियणाको सीमाना सिंघु बोर्डरमा आन्दोलनरत किसानले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

समाचार अनुसार पञ्जावको अमृतसरका ७५ वर्षीय किसान रतन सिंहले शनिबार बिहानै आत्महत्या गरेका हुन्। उनी लामो समयदेखि सिंघु बोर्डरमा आन्दोलनरत थिए। सिंघु बोर्डरमा करिब दुई महिना यता हजारौं किसानले आन्दोलन जारी राखेका छन्। आन्दोलनकै क्रममा केही किसानहरुको मृत्युसमेत भइसकेको छ।

किसान र सरकारबीच शुक्रबारसम्म ११ चरणको वार्ता भएको छ। तर, कुनै सहमति भएको छैन। सरकार तीन वटै कृषि कानूनलाई दुई वर्षसम्म स्थगित गर्न तयार भए पनि किसानहरु भने कानून फिर्ता हुनुपर्ने मागमा अडिग रहेका छन्।

किसानहरुले २६ जनवरीका दिन दिल्लीमा ट्याक्टर र्याली गर्ने जनाएका छन्। तर दिल्ली प्रहरीले अहिलेसम्म त्यसका लागि अनुमति दिएको छैन। २६ जनवरी भारतीय संविधान दिवस हो। यो दिन भारतमा धुमधामसँग मनाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *