केटु हिमाल आरोहण गर्ने नेपाली आरोहीको पाकिस्तानमा भव्य सम्मान

डिसी नेपाल
१० माघ २०७७ १९:५२
1.0k
Shares

काठमाडौं। गत हप्ता संसारकै दोस्रो अग्लो हिमाल माउण्ट केटु आरोहण गर्ने नेपालीलाई पाकिस्तानमा भव्य स्वागत भएको छ। १० जना नेपालले गत शनिबार ८ हजार ६ सय १० मिटर अग्लो हिमाल आरोहण गरेका थिए। हिउँदे सिजनमा यो हिमालको सफलतापूर्वक पहिलो पटक आरोहण गर्ने नेपाली हुन्।

यसरी नेपालीले केटु हिमालमा विश्वकीर्तिमान बनाएपछि पाकिस्तानमा उनीहरुको भव्य स्वागत भएको हो। आरोहण गर्ने मध्येका एकजना निर्मल पुर्जाले शनिबार ट्वटीरमा एक भिडियो शेयर गर्र्दै पाकिस्तानमा भवय स्वागत भएको जानकारी दिएका छन्।

उनले पाकिस्तानमा आफूहरुको स्वागत आफ्नै घरमा जस्तै भएको उल्लेख गरेका छन्। उनका अनुसार आरोहण दलका सदस्यहरुसँग पाकिस्तानी राष्ट्रपति डा. आरिफ अलभी, पाकिस्तानी सेनाका प्रमुख जनरल कमर जावेद बाजवा, पाकिस्तानी पर्यटनमन्त्री जुल्फिकर बुखारी र गिलगिट बाल्टिस्तानका मन्त्री नासिर अलि खानले भेट गरेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *