सहाराविहीनहरुका लागि सरकार अभिभावक भएको छः प्रधानमन्त्री ओली

डिसी नेपाल
११ माघ २०७७ १५:०१
104
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपांगता भएका व्यक्तिहरुहरुलाई अवसर प्रदानगर्ने बताएका छन्।

आइतबार काठमाडौंमा अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शारीरिक रुपमा अशक्त, सहाराविहीनहरुका लागि सरकार अभिभावक भएको बताए । ‘अब कोही सडक बालबालिका हुने छैनन्, कसैले सडकमा मागेर खानु पर्दैन’, उनले भने । अब सडकमा कोही खाते नभेटिने पनि उनले बताए।

उनले आफू पनि ‘अपांग’ भएको भन्दै अपांगता भएका व्यक्तिहरुलाई हरेस नखान आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘म अर्काको मिर्गौलाको बैशाखी टेकेर हिँडिरहेको छु । एक हिसाबमा म पनि आपांग नै हुँ । शारीरिक रुपमा अपांग हुँदैमा हरेस खानु हुँदैन ।’

शारीरिक रुपमा भएको अशक्तता भन्दा मानसिक दरिद्रता खतरनाक हुने बताए । साहित्यकार तथा लेखक झमक घिमिरेको उदाहरण दिँदै अपांगता भए पनि चेतनाले धेरै काम गर्न सकिने उनले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.