कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार नाघ्याे

डिसी नेपाल
११ माघ २०७७ १६:३४

काठमाडौं। शुक्रबार नेपालमा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९हजार ४५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४०३जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ।

यस्तै हालसम्म १४५ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ४३ हजार २५५ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *